१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

व्यवस्थामाथी नै धावा बोल्ने काम हुँदैछ : मुख्यमन्त्री पाण्डे


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०८० , शनिबार

  • व्यवस्थामाथी नै धावा बोल्ने काम हुँदैछ : मुख्यमन्त्री पाण्डे

    बागलुङ ६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अराजक प्रबृत्तिबाट फाइदा लिनेहरुले जनताको संघर्षबाट प्राप्त उपलब्धीहरु संकटमा पारेको बताएका छन् । मुलुक संकटमा रहेका बेला विदेशमा मोजमस्ती गरिरहेकाहरु अराजकताको बलमा गणतन्त्र स्थापनाका लागि योगदान गरेकाहरुलाई दबाउन तल्लीन रहेको उनको आरोप थियो ।
    ‘हिजो देशमा राजाको छोरा राजा हुने अवस्था थियो, त्यो बेला संघर्ष गरेर प्रजातन्त्र ल्याउनेहरुलाई नङग्याउन विदेशमा मोजमस्ती गरेर फर्किनेहरु लागेका छन्’ पाण्डेले भने ‘हिजो जेलनेल र बलिदानी गरेको योगदानलाई कमजोर बनाउने र व्यवस्थामाथी नै धावा बोल्ने काम भैरहेको छ ।’ पाण्डेले दलहरुमा रहेका कमीकमजोरी सच्याउनु पर्ने तर परिवर्तनको रक्षाका लागि सबै सर्वसाधारण लाग्नुपर्ने धारणा राखे ।
    कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेलले संघीयताको विकल्प नभएको बताए ।
    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले बागलुङ विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताए । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापा, प्रदेशसभा सदस्य कुशुम बुढा, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।
    नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीमसेन पन्तले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend