१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

काभा महिला भलिबल : बंगलादेशलाई हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश


जनमञ्च संवाददाता
  • ९ जेष्ठ २०८० , मंगलबार

  • काभा महिला भलिबल : बंगलादेशलाई हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश

    काठमाडौं, ९ जेठ– घरेलु भूमिमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
    राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । घरेलु समर्थकको साथ पाएको नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले बंगलादेशलाई २५–१०,२५–८ र २५–९ ले हराएको हो ।
    जितसँगै समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूहचरणबाट बाहिरिएका छन् । अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
    प्रतियोगिताअन्तर्गत मंगलबार भारत र काजकिस्तानले जित निकालेका छन् । मंगलबारको पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । भारतले किर्गिस्तानलाई २५–१७,२५–८ र २५–८ ले हराएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend