बागलुङ, १० जेठ– बागलुङ, १० जेठ– १२ औं स्थापना दिवसको अवसरमा आस्था वचत तथा ऋण सहकारी संस्थाले बागलुङ नगरपालिका वडा नं. १ को निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रमको भवनको लागि सिमेन्ट हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष श्रीजय श्रेष्ठले आश्रम संयोजक विपना तामाङ करिब १४ हजार मुल्यको सिमेन्टको बिल हस्तान्तरण गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आश्रमलाई सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
विभिन्न कारणले सडकमा अत्यन्तै कष्टकर जीवन बिताउँदै आएका सहयोगापेक्षी, बेसहारा सडक मानवको उद्धार, उपचार र व्यवस्थापन गर्ने उदेश्यले निरयघाटमा आश्रमको भवन निर्माणाधिन छ । बागलुङ नगरपालिकाको पहलमा जग्गा व्यवस्थापन गरी ७ रोपनी जग्गामा मुठ्ठीदानबाट सञ्चालित आश्रमको भवन बनिरहेको छ ।