१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

करोडौका आयोजना अलपत्र हुँदा जनतालाई सास्ती


जनमञ्च संवाददाता
  • २३ जेष्ठ २०८० , मंगलबार

  • करोडौका आयोजना अलपत्र हुँदा जनतालाई सास्ती

    बागलुङ, २३ जेठ– जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजनाहरु तत्काल पुरा गर्न संघिय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार भएको बैठकले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौका आयोजनाहरु समयमा नसक्दा जनताले सास्ती खेपेकोले माग गर्नुपरेको समन्वय समितिका प्रमुख अमर थापाले बताए ।
    बैठकले समपुरक कोषमार्फत संचालित धेरै आयोजनाहरु संघ र प्रदेशको बजेट निकासा नभएर अलपत्र परेको भन्दै पालिकालाई दोहोरो भार पार्ने काम रोक्नुपर्ने माग पनि गरेको छ । त्यस्तै दक्षिण बागलुङ जाने मालढुंगा कुश्मीसेरा सडकको गलुवा पहिरो नियन्त्रणका लागि बैठकले पहल गरेको छ ।
    राष्ट्रपति शैक्षिक सुधार परियोजनामा निर्माण भएका भवनको रकम निकासा नभएको, काम गर्दा गर्दै बेरुजु आउने समस्या समाधानमा पनि समितिले चासो राखेको हो । सो अनुसार काम अगाडि बढाउने निर्णय समेत गरेको हो ।
    पटक पटक तेलको मूल्य घट्दा पनि सवारीको भाडादर नघटेको, कच्ची सडक हुँदाके भाडादर पक्की बन्दा पनि नघटाइएकोमा सभाले चासो राखेको थियो । सो को कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था कार्यालयमार्फत पहल गर्ने निर्णय गरिएको समन्वय अधिकारी कृष्णराज गौतमले बताए ।
    बैठकमा तमानखोलाको बोङगादोभान बजार र निसीखोला गाउँपालिकाको हुल्दी पहिरो प्रभावित क्षेत्रमा आवस्यक लगानी भित्राएर संरक्षणका कार्यक्रम संचालन गर्नुपर्ने समेत निर्णय गरिएको बताइएको छ । बजार क्षेत्रमा देखिने अखाद्य बस्तुको बिक्री बितरणमा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिने, नियमित अनुगनमका लागि पहल गर्ने प्रक्रिया समेत अगाडि बढाउनुपर्ने निर्णय गरिएको हो ।
    जिल्लाभित्रका सरोकार राख्ने बिषयमा छलफल गर्नुको साथै बैठकले सबै पालिकालाई तीन दिन भित्र आफ्नो आफ्नो पालिका भित्रका अलपत्र योजनाको सूचिकरण गर्न पनि निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार अलपत्र परेका योजना कति छन्, कता छन्, कति लगानी भयो, कति आवस्यक छ । काम गर्ने ठेकेदारको बिवरण र अहिले सम्म के कति काम सम्पन्न भएको जानकारी माग गरिएको थापाल जानकारी दिए । बैठकमा सबै नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत सहभागि थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend