बागलुङ, २३ जेठ– बागलुङ नगरपालिकाका वडा नम्वर ६ लमगाउँको अमर प्राविमा निःशुक आँखा परीक्षण तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आयोजनमा शिविर सम्पन्न भएको हो । प्रजनन् स्वास्थ्य शिविरमा ७० जना महिलाहरुले सेवा लिनुका साथै २ सय ५० जनाले आँखा परीक्षण गराएका थिए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा स्टाफ नर्स आस्था केसी नेतृत्वको टोलीले दिएको थियो भने नेत्र सहायक गणेश महतोले आँखा परीक्षण गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रममा क्लवलका एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ पार्वती अधिकारी, नेपाल परिवार नियोजन संघका सभापति निर्माणकुमार श्रेष्ठ, अमर प्राविका प्रधानाध्यापक जुक्तिप्रसाद पौडेल र नेपाल परिवार नियोजन संघ बागलुङका कार्यालय प्रमुख दिपेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष जुनु श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष सुनीता श्रेष्ठको स्वागत र क्लबका कोषाध्यक्ष गिता राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।