१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा


जनमञ्च संवाददाता
  • २५ जेष्ठ २०८० , बिहिबार

  • साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा

    काठमाडौं, २५ जेठ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि बिहिबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
    आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
    छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । त्यसैगरी डिफेन्डरमा विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् । त्यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा र लाकेन लिम्बू रहेका छन् ।
    यसैगरी फरवार्डमा आयुस घलान, नवयुग श्रेष्ठ, दीपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी र विमल घर्तीमगर रहेका छन् । प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भूटान र बंगलादेश रहेका छन् ।
    नेपालले आफ्नो पहिलो खेल आगामी ६ असार गते कुवेतसँग खेल्नेछ भने असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend