१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

तन्दुरी रेष्टुरेन्टमा आगलागी, ७० हजारको क्षती


जनमञ्च संवाददाता
  • ५ असार २०८० , मंगलबार

  • तन्दुरी रेष्टुरेन्टमा आगलागी, ७० हजारको क्षती

    बागलुङ, ५ असार– बागलुङ बजारको एक तन्दुरी रेष्टुरेन्टमा आगलागी हुँदा ७० हजार बढीको क्षती भएको छ । बागलुङ नगरपालिका वडा नं. २ श्रीनगर टोलमा रहेको एञ्जीला तन्दुरी रेष्टुरेन्टमा मंगलबार बिहान आगलागी भएको हो ।
    रेष्टुरेन्टले दाउदा राखेको एकतले घरमा बिहान ३ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । आगलागीबाट उक्त घरमा राखिएका दाउरा जलेका छन् भने टिनको छानामा क्षती भएको छ । आगलागीको कारण भने खुलेको छैन् ।
    काठेखोला गाउँपालिका–८ लेखानीका भक्तबहादुर क्षेत्रीले उक्त रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । रातको समयमा आगलागी भएपछि प्रहरी र स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिईएको थियो । समयमै आगो नियन्त्रणमा आएकाले अन्यत्र फैलिन नपाएको केसीले बताए । आगो नियन्त्रण गर्न बागलुङ नगरपालिकाको दमकलको सहायता लिईएको थियो । घटनको थप बिबरण आउन बाँकी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend