१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

हरिचौर जोड्ने खहरेखोलामा बन्यो पक्की पुल


जनमञ्च संवाददाता
  • ७ असार २०८० , बिहिबार

  • हरिचौर जोड्ने खहरेखोलामा बन्यो पक्की पुल

    बागलुङ, ७ असार– गलकोट नगरपालिका–५ को खहरेखोलामा पक्की पुल निर्माण गरिएको छ । पुरानो सदरमुकाम रहेको हरिचौर बजार आउजाउमा सास्ती भएपछि वडा कार्यालयको अगुवाईमा प्रदेश सरकारको बजेटबाट पुल बनाइएको हो ।
    गण्डकी प्रदेश सरकारको २० लाख लागतमा स्थानीयले श्रमदान तथा वडाको १० लाख थप गरेर झण्डै ३५ लाखमा पक्की पुल बनाइएको हो । पुलसँगै दायाँबायाँको सडक समेत स्तरीय बनाउन लागिएको छ । ‘पुल नभएर बर्षात्मा खोला तर्न धेरै सास्ती खेपेका थियौं, अब भने ढुक्क भयो’ स्थानीय सरिता निउरेले भनिन् ।
    यो पुल बनेपछि गलकोटको हटियादेखि हरिचौरहुँदै ताराखोलातर्फ जाने सडकले पनि सुरक्षित गन्तव्य पाएका छन् । यसअघि बर्षात्मा बढी समस्या थियो । हरिचौरमा रहेको नगर अस्पतालमा बिरामी जान पनि सहज भएको हो । ‘यहाँ दैनिक १ सय जनासम्म बिरामी उपचाका लागि आउने गरेका छन्, पुल नभएको भए धेरै सास्ती थियो’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने, ‘गाडी चढेर आउनुपर्ने बिरामीले बढी सहज महसुस गरेका छन् ।’ जीर्ण झोलुंगे पुलको भरमा अस्पताल आउने गरिएको थियो । दश बर्ष अघिदेखि काठको पुल बनाएर जिप चल्ने गरेका थिए । तर काठ कुहिएर जीर्ण पुलमा दुर्घटनाको जोखिम थियो ।
    हरेक बर्ष नयाँ काठ थप्ने, भत्केको स्थानमा मर्मत गर्ने काममा बर्षेनी ५ लाख खर्च भएको वडा अध्यक्ष पवन हमालले बताए । ‘बर्षेनी ५ लाख खर्चेर मर्मत गरेपनि सधैको कच्ची थियो’ हमालले भने, ‘अब भने बर्षेनी खर्च पनि गर्न परेन ।’ पुल बन्ने भन्दा धेरै रकम त दश बर्षमा मर्मतमा खर्च भएको उनले बताए । यो पुल बनेपछि हरिचौरकै वडा कार्यालयबाट सेवा लिनेले पनि सहज आउजाउ गर्न पाएका छन् ।
    उक्त पुलदेखि तीन किमी पश्चिममा खहरेमै १ लाखमा अर्को पुल बनाइएको छ । बर्षात्मा खहरे खोलामा अचानक बाढी आउँदा जोखिम बढी थियो । यहाँकै कौलेनीदेखि श्रद्धाखेत जाने गोरेटो बाटोमा पुल बनाइएको हो । स्थानीयले १ लाख बराबरकै श्रमदान गरेपछि अत्यावस्यक सामाग्री मात्रै खरिद गरेर पुल बनाइएको हो । यी दुवै पुलले स्थानीयलाई सहज भएको स्थानीय नारायण ध्वज मल्लले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend