बागलुङ, ९ असार– नेपाल प्रेस युनियन बागलुड शाखाको अध्यक्षमा संगम घर्ति मगर सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न युनियनको १२ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा मगर चयन भएका हुन् ।
युनियनको उपाध्यक्ष सुवास आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्ष छविलाल पाण्डे, सहसचिवमा नवराज परियार, सदस्यहरुमा रामशरण पोखरेल, मञ्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जितबहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा चयन भएका छन् ।