१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या


जनमञ्च संवाददाता
  • २१ असार २०८० , बिहिबार

  • पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

    पर्वत, २१ असार– पहिराले कक्षाकोठा पुरिँदा पर्वतको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. २ को थापाठानामा पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई भवन पुरेपछि पठनपाठनमा समस्या भएको हो ।
    असार १४ गते राती खसेको पहिरोले विद्यालयको तीन–तीनकोठे दुई भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाई छ ।
    ‘अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन’ शर्माले भने, ‘बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ ।’ उनले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताए ।
    विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ । शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा ३१ लाख ५० हजार र अर्को भवन २०७६ सालमा १६ लाख २० हजारमा निर्माण गरिएको थियो ।
    ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाई छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गरे । सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको थापामगरको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend