१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

चारपाङ्ग्रेको ‘लाइसेन्स’ परीक्षा बागलुङबाटै


जनमञ्च संवाददाता
  • २३ असार २०८० , शनिबार

  • चारपाङ्ग्रेको ‘लाइसेन्स’ परीक्षा बागलुङबाटै

    बागलुङ, २३ असार– एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहँुदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।
    यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले आगामी साउनभित्रै चारपाङ्ग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । “ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन १५ दिने बोलपत्र सूचना निस्किसकेको छ”, उनले भने, “बोलपत्रको मूल्याङ्कनसहित आवश्यक प्रक्रिया पु¥याएर पुरीक्षा सुरु गर्छौं ।”
    कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्सिच्युटले बनाएको संरचना भाडामा लिनुपर्ने अवस्था छ । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।
    “कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो”, प्रमुख थापाले भने, “लामो समयसम्म चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।”
    गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए ।
    “लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकिरहेको थिएन, अब त्यो छिट्टै सुरु हुन्छ, मन्त्रालयले पनि यसमा विशेष चासो र पहल लिइरहेको छ”, उनले भने, “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्की लगायतका कार्यालयमा देखिएको चाप पनि घट्छ ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend