बागलुङ, २६ असार– बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नं. ७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ बडिगाडको भत्रेनीदेखी सोइरेनीसम्मको कच्चि सडक निर्माणका लागि लु १ क ४३८६ नम्बरको जेसिवी त्यहाँ पुगेको थियो । सडक खन्ने क्रममा जेसिवीले ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
जेसिवीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनको बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।