बागलुङ, १४ साउन– नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीबीच डवलमेन व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।
बिभिन्न पेशागत आन्दोलनमा क्रममा राज्यबाट शहिद बनाइएका शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसमा आयोजित प्रतियोगितामा जैमिनी नगरपालिकाका बिजय थापा र खुमन पुनको टोली बिजेता बनेको छ ।
त्यसैगरी, पूर्वाधार विकास कार्यालय बागलुङका प्रकाश श्रीस र चन्द्रबहादुर पुनको टोली उपबिजेता बनेको छ । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो । बिजेता टिमलाई नगद ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने संगठनका अध्यक्ष श्याम थापाले जानकारी दिए ।
बिजेता तथा उपबिजेता टिमलाई शहिद सप्ताहको अन्तिम दिन १५ गते हुने मुल समारोहमा पुरस्कार प्रदान गरिने थापाले बताए ।