१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

रैथाने बाली जोगाउन बीउ बैंक स्थापना


जनमञ्च संवाददाता
  • ५ भाद्र २०८० , मंगलबार

  • रैथाने बाली जोगाउन बीउ बैंक स्थापना

    बागलुङ, ५ भदौ– बरेङ गाउँपालिका वडा नम्वर २ हुग्दिशिर स्थित पुरुषोद्धय माध्यमिक विद्यालयमा स्थानीय रैथाने बाली जोगाउन बीउ बैंक स्थापना गरिएको छ ।
    बरेङ गाउँपालिकाले आयातित हाईब्रेड बीउबिजनको प्रयोगले पुर्खाैदेखि उत्पादन गर्दै आईरहेका स्थानीय बालीहरु संकटमा परेको भन्दै लोपउन्मुख बालीको संरक्षण तथा पर्वद्धन गर्न बालीबिज्ञान बिषय अध्यापन हुदै आएको विद्यालयमा बीउ बैंकको स्थापना गरेको हो ।
    बीउ बैंकको स्थापनाले पालिकामा कृषकले परम्परागत रुपमा लगाउने गरेका स्थानीय लोपउन्मुख बालीनाली तथा फलफुलको संरक्षण तथा पर्बद्धन हुने विद्यालय र गाउँपालिकाले अपेक्षा लिएको छ ।
    बीउ बैंकमा लोपहुन लागेका सेतो भट्ट, कालो भट्ट, रातो भट्ट, भट्टे सिमी, सराद्धे सिमी, घिउ सिमी, सेतो कोदो, कोदो, जौँ, मेवा, मरिच, चम्सुर, सेतो मकै लगाएतका बिभिन्न किसिमका झण्डै ६० प्रकारका स्थानीय बीउहरु संरक्षण गरिएको विद्यालयका प्रधानाध्यापक मनबहादुर श्रीसले बताए ।
    उनका अनुसार आउदो बर्ष झण्डै एक दर्जन स्थानीय बीउहरु कृषकलाई उपलब्ध गराउने विद्यालयको तयारी छ । बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषकहरुले हाईब्रीड बीउ प्रयोग गर्दा बढि बिषादी प्रयोग गर्ने र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकात्मक असर पर्ने भएकाले बीउ बैक मार्फत स्थानीय बालीको संरक्षण गर्न लागिपरेको बताए ।
    सम्राज्यवादी मुलुकहरुले किसानको हातबाट बीउ खोसेर बीउविहीन किसान बनाउने नीति लिएको भन्दै जस्तो सुकै परिस्थितिमा पनि कृषकलाई बीउविहिन नबनाउनका लागी बरेङ गाउँपालिका स्थानीय स्तरमा रहेका बीउहरुको संरक्षणमा लागिपरेको पनि अध्यक्ष शर्माको भनाई थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend