१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बरिष्ठ सई ‘हत्या’ आरोपी जेल चलान


जनमञ्च संवाददाता
  • ७ भाद्र २०८० , बिहिबार

  • बरिष्ठ सई ‘हत्या’ आरोपी जेल चलान

    बागलुङ, ७ भदौ– गत साउन ८ गते बागलुङको भिमगिठेमा भएको प्रहरी हत्या घटनाका आरोपीलाई जिल्ला अदालत बागलुङले जेल पठाएको छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ सइ उज्वल पौडेलको हत्या आरोपी आशा कुँवर र बिनोद कुँवरलाई जेल पठाइएको हो ।
    बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिस दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटल तथा खाजा घरका संचालक ५१ बर्षिय आशा कुँवर र उनका छोरा २० बर्षिय बिनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो ।
    गत साउन ८ गते राती ११ बजे आमाछोरा मिलेर पौडेलको हत्या गरेका थिए । हत्या कुटपिटपछि भएको बताइएको छ । घटनापछि प्रहरीले अनुसन्धान जारी राखेको थियो । खाजा खान गएका पौडेल रातीसम्म बसेपछि आशासंग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । पोष्टमार्टम रिपोर्टमा पनि शरीरभर निलठाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend