बागलुङ, १९ भदौ– नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा र शाखाका अन्य निकायले कार्यक्रम गरेका हुन् ।
मंगलबार प्रभातफेरी, प्रवचन तथा पुरस्कार बितरण गरेर कार्यक्रम समापन गरिएको छ । यसअघि रेडक्रसले विद्यार्थीको वक्तृतवकला, सरसफाइ, स्वास्थ्य शिविर लगायतका क्रियाकलाप समेत गरेको थियो ।
मंगलबार भएको मुल समारोहमा विभिन्न क्रियाकलापमा सहभागिलाई पुरस्कार तथा सम्मान दिइएको थियो । सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका विभिन्न शाखा उपशाखाका प्रतिनिधि, बिद्यालयका जुनियर रेडक्रस सर्कल र शिक्षकसमेत सहभागि थिए । कार्यक्रमको समापन गर्दै सभापति आचार्यले बिपत व्यवस्थापन, महामारीमा सहयोग र अप्ठ्यारोमा परेकालाई रेडक्रस साथी हो भन्ने भावना जगाउन पहल गरिने बताए ।