बागलुङ, २१ भदौ– श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्यताका साथ मनाएको छ ।
इस्कोनले बागलुङ नगरपालिका–१, मालढुंगा कालीगण्डकी तटमा अवस्थित धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिर परिसरमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको हो ।
इस्कोन बागलुङले दिउँसो ४ बजेबाट ७ बजेसम्म औपचारिक कार्यक्रम र राती १२ बाजेसम्म भजन कृतन, लीला प्रवचन, नाटक, नृत्य, दिपदान, महाअभिषेक र सांस्कृिक कार्यक्रम प्रस्तुत गरि पर्व मनाएको जगतगुरु गिरिधारी दासले बताए ।
इस्कोनले कार्यक्रम स्थलमा आवत जावतको लागि कार्यक्रम अवधिभर जीपपार्कबाट निःशुल्क बस सेवा समेत सञ्चालन गरेको थियो । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिएको उनको भनाई थियो ।
जब पृथ्वीमा ठूलाठूला संकटहरु आइपर्छन् तब–तब भगवानले आफ्नो अवतार रुपमा यस धरधाममा जन्म लिइ असत्य माथि सत्यको विजय गराउन महत्वपुर्ण भूमिका खेलेको व्यहोरा वैद्विक बाङमयमा उल्लेख गरिएको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नु भएको बाङमयमा जनाइएको छ ।