१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बालमैत्री अभियानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन


जनमञ्च संवाददाता
  • २२ भाद्र २०८० , शुक्रबार

  • बालमैत्री अभियानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन

    बागलुङ, २२ भदौ– बागलुङ नगरपालिकाले बिद्यालय अनुगमन कार्यक्रमलाई निरन्तरता दिएको छ । बिहिबार बलेवा क्षेत्रका बिभिन्न बिद्यालयको अनुगमन गरिएको छ ।
    नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, सामाजिक बिकास समितिका अध्यक्ष ज्ञानेन्द्र गौतम र नगर शिक्षा अधिकृत गौरव राना लगायतले अनुगमन गरेका हुन् ।
    वडा नं. १२, १३ र १४ का बिभिन्न बिद्यालयमा पुगेर बिद्यालयको भौतिक तथा सरसफाइको अबस्था, पढाइको गुणस्तर, शिक्षकको उपस्थिति, शिक्षक डायरी तथा बिद्यार्थीको अनुपात अनुगमन गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । केही बिद्यालयमा अझैपनि शिक्षकहरुले डायरी नभर्दा के पढाउने ? के पढाएको भन्ने बताउन नसक्ने अबस्था रहेकोले उनीहरुलाई आबस्यक सुझाव दिइएको उने बताए ।
    केही बिद्यालयमा भने नियमित रुपमा डायरी भरेको, कक्षा कोठामा पाठ्य सामाग्रीको पर्याप्त उपलब्ध भएको, बालमैत्री अभियान संचालन भैरहेको भेटिएको बताए । नभएका स्थानमा काम गर्ने सुझाव दिइएको र भएका स्थानमा धन्यवाद दिएर थप राम्रो गर्न आग्रह गरिएको हो ।
    टोलीले बलेवाका स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गरेको थियो । बलेवामै नगर अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पताल र स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारका बिषयमा सुझाव दिइएको तथा अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई ग्रामीण क्षेत्रमा पुगेर जेष्ठ नागरिक, अपांगता भएका नागरिकलाई थप सेवा दिन आग्रह गरिएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
    बागलुङ नगरपालिकाले बालमैत्री नगर बनाउने अभियान चलाएको छ । त्यसका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्रै २५ भन्दा धेरै सूचक पुरा गर्नुपर्ने अबस्था छ । त्यसका लागि स्वास्थ्य संस्था र बिद्यालयले पुरा गर्ने सूचक बारे पनि जानकारी गराइएको उपप्रमुख राजु खड्काले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend