१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

अनियमितता मुद्दामा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुखसहित आठै जनाले पाए सफाई


जनमञ्च संवाददाता
  • २४ भाद्र २०८० , आइतबार

  • अनियमितता मुद्दामा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुखसहित आठै जनाले पाए सफाई

    बागलुङ, २४ भदौ– बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठै जनाले सफाई पाएका छन् । बिशेष अदालका न्यायधिशद्वय यमुना भट्टराई र खुशी प्रसाद थारुको इजलाशले उनीहरुलाई आइतबार सफाई दिएको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्क निर्माणमा गैह्रकानुनी लाभ लिएको भन्दै बिषेश अदालतमा मुद्धा दायर गरेको थियो । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनीहरु निलम्बनमा परेका थिए ।
    अनुगमन समिति प्रमुखसमेत रहेका तत्कालिन उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव–इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माले सफाई पाएका हुन् । बिशेष अदालतका इजलाश अधिकृत होमनाथ कँडेलले आईतबार दैनिक पेशीको सूचना जारी गर्दै उनीहरुले सफाई पाएको उल्लेख गरेका छन् ।
    तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेललाई पनि नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारि गरेको भन्दै मुद्दा दायर गरिएको थियो । उनले पनि सफाई पाएका छन् ।
    फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको अख्तियारको आरोप थियो । उनीहरुलाई अख्तियारले ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend