१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बारलाई बेञ्चको सम्मान


जनमञ्च संवाददाता
  • १ असोज २०८० , सोमबार

  • बारलाई बेञ्चको सम्मान

    बागलुङ, १ असोज– हालै सम्पन्न उच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई उच्च अदालत बागलुङले सम्मान गरेको छ । सर्बोच्च अदालतका न्यायाधिस आनन्दमोहन भट्टराइको उपस्थितिमा अदालते पदाधिकारीलाई सम्मान गरेको हो ।
    आइतवार आयोजित बार बेञ्च छलफल कार्यक्रमको अबसरमा भट्टराई सहित उच्च अदालत बागलुङका मुख्य भइ काम गर्ने कृष्ण गिरी, न्यायाधिसहरु तथा जिल्ला न्यायाधिस दिवाकर भट्टले समेत पदाधिकारीलाई सम्मान गरेका थिए । उक्त अबसरमा न्यायाधिस भट्टराईले बागलुङको जिल्ला र उच्च अदालत राम्रो अदालतमा गनिएको बताए । उनले सेवा प्रवाह, न्याय सम्पादनको प्रसंसा गरे । निर्माणाधिन उच्च अदालतको भवनको समेत निरिक्षण गरेका उनले काम गुणस्तरीय र दुूतगतीमा भएकोमा समयमा सेवा प्रवाह गर्न सकिने बताए ।
    अघिल्लो साता भएको अधिवेसनबाट उच्च अदालत बार एसोसिएसनमा नयाँ समिति चयन भएको छ । अध्यक्षमा रमेशबहादुर खड्का, उपाध्यक्ष हरिकृष्ण सुवेदी, सचिवमा उमाशंकर शर्मा, सहसचिवमा लक्ष्मी जिसी कार्की र कोषाध्यक्षमा लक्ष्मी बास्कोटा निर्वाचित भएका थिए । सहभागिले बार बेञ्च मिलेर अगाडि बढ्दा न्याय सम्पादन चुस्त हुने भन्दै आम नागरिकलाई अदालत र न्याय प्रणालीमा विश्वस्त बनाउन पनि बारबेञ्चको सहकार्य आवस्यक भएको उनीहरुको भनाइ थियो । निर्वाचित पदाधिकारीले पनि न्याय सम्पादनमा अदालतलाई सघाउने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend