११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

चिल्ड्रेनलाई बिद्यालय स्तरीय फुटबलको उपाधि


जनमञ्च संवाददाता
  • २ असोज २०८० , मंगलबार

  • चिल्ड्रेनलाई बिद्यालय स्तरीय फुटबलको उपाधि

    बागलुङ, २ असोज– बाङेचउरस्थित फुटबल मैदानमा चार दिनदेखि संचालित बिद्यालय स्तरीय फुटबल चिल्ड्रेन लाइफ आबासीय माबिले जितेको छ ।
    जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा चिल्ड्रेनले न्युओएसिस एकेडेमीलाई ३–० गोल अन्तरले पराजित ग¥यो । चिल्ड्रेनका बिसाल थापाले फाइनल खेलमा ह्याट्रिक गरे । खेल जितेसँगै चिल्ड्रेन लाइफले कप, मेडल र २५ हजार नगद पुरस्कार समेत पायो । दोश्रो भएको न्यु ओयसिसले १५ हजारमा चित्त बुझायो । जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बिजयी टिमलाइ पुरस्कार बितरण गरे ।
    चिल्ड्रेनका लागि बिसालले २७, ३२ र ५२ औं मीनेटमा गोल गरेका थिए । न्यु ओएसिसले खेलमा कुनै गोल गर्न सकेन । फाइनल यात्राका लागि चिल्ड्रेन लाइफले आदर्श बिद्यामन्दिरलाई ३–२ गोल अन्तरले हराएको थियो भने न्यु ओएसिसले गरिमा आबासीय माबिलाई ४–३ गोलले पराजित गरेको थियो ।
    १४ टिमले भाग लिएको खेल प्रतियोगितामा चिल्ड्रेन लाइफका प्रतिक थापा उत्कृष्ठ खेलाडी घोषित भए । चिल्ड्रेनकै अनिष खड्का वेस्ट किपर र बरदान थापा धेरै गोल गर्ने खेलाडी बने । उनले खेलअबधिभर ४ गोल गरेका थिए । गरिमा आबासिय माबि अनुशासित टिम घोषित भयो भने सोही बिद्यालयका अबसर गौतम बेष्ट डिफेन्डर घोषित भए ।
    समितिले खेलाउने अन्डर १९ फुटबल प्रतियोगिताकालागि खेलाडी कम हुँदै गएकोले बिद्यालयको १६ बर्ष मुनीका बालबालिकाबाटै खेलको बिकास गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend