१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बानपाको नगर सफाइ अभियान


जनमञ्च संवाददाता
  • ३ असोज २०८० , बुधबार

  • बानपाको नगर सफाइ अभियान

    बागलुङ, ३ असोज– सडक र खुला पार्क सफाइ अभियान थालेको बागलुङ नगरपालिकाले मंगलबारदेखि बलेवा क्षेत्रमा पनि सडक सफाइ र पुरिएका नाली निर्माणको काम थालेको छ ।
    बागलुङ नगरपालिका वडा नं. १३ र १४ का झण्डै १ सय स्थानीय, नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, कर्मचारी सहित नेपाल प्रहरी र सशष्त्र प्रहरीको टिमले मालढुंगा कुश्मीसेरा सडक सफाइ गरेका हुन् । वडा नं. १३ को पाउजा सडकमा परेका खाडल पुर्ने, पुरिएका नाली खोल्ने, सडक छेउमा बढेको झाडी फाल्ने काम गरिएको छ ।
    त्यस्तै, पाउजादेखि पानी ट्यांकी सम्मको सडक दायाँबायाँ उम्रेका झाडी र बुट्यानहरु फाँडेर सफाइ गरिएको छ । नगरपालिकाले जेसीबीसहित फोहोर फाल्ने ट्रिपरसमेत प्रयोग गरेर सफाइ गरेको थियो ।
    सफाइ अभियानलाई वडा वडामा लैजाने अभियान स्वरुप बलेवा क्षेत्रले काम थालनी गरेको नगरप्रमुख श्रेष्ठले बताए । वडा नं. १३ ले ९ वटा टोल बिभाजन गरेर सबै टोलमा सफाइ अभियानलाई अगाडि बढाउने योजना बनाएको वडा अध्यक्ष नारायण पौडेलको भनाई छ ।
    वडा नं. १४ को पानीट्यांंकीदेखि धापाखोला जाने सडकमा खसेको पहिरो पन्छाउन जेसीबी चाहिने भएको छ । अन्यत्र भने स्थानीयले नै सफाइ गर्ने तयारी गरेका छन् । वडा नं. १२ को पनि केही खण्डमा सडक सफाइ गर्ने योजनामा छन् । त्यस बाहेक ग्रामिण सडक सफाइ गर्ने, गोरेटा बाटो खुलाउने लगायतका काम पनि गर्ने अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
    सफाइ अभियानमा हिंडेका नगरपालिकाको टोलीलाई दब्ल्याङको पहिरोले रोकेपछि सबै जना हिंडेर बलेवा गएका थिए । उक्त पहिरोले कालीगण्डकी करिडोरसहित तीनवटा सडक भत्केको थियो । जेसीबीले तीन घण्टामा सडक खुलाएको थियो । सडक अबरुद्ध हुँदा दक्षिण बागलुङबाट आएका दर्जनौं सवारी साधन रोकिएका थिए । तिज मानेर फर्केका धेरै महिला समयमा गन्तव्यमा पुग्न सकेनन् । दक्षिणबाट ल्याइएको दूध र तरकारी समयमा पु¥याउन नपाएको स्थानीयले गुनासो गरे ।
    यो सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारले ५ करोड लागतको योजना बनाएको छ । तर ठेक्का लगाएको छैन । दैनिक खस्ने पहिरोले दुर्घटनाको जोखिम छ । नयाँ योजनामा पायल्स फाउण्डेसन बनाएर पहिरो रोक्ने लक्ष छ । यो सडकमा दैनिक २ सयबढी जिप र मालबाहक पिकअप बिहान सदरमुकाम आउने र बेलुकी फर्कने गरी गुड्छन् । बर्षात लागेपछि केही स्थानमा निर्माणको काम भैरहेकोले करिडोरको लामो यात्रा गर्ने बस भने चलेका छैनन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend