१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बिश्वकर्मा माबिको ७२ औं बार्षिकोत्सव


जनमञ्च संवाददाता
  • ४ असोज २०८० , बिहिबार

  • बिश्वकर्मा माबिको ७२ औं बार्षिकोत्सव

    बागलुङ, ४ असोज– बागलुङ नगरपालिका–७ को विश्वकर्मा माबिको ७२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । दलीत अधिकारका अभियान्ता भगत सर्वजित विश्वकर्माको अगुवाईमा स्थापित बिद्यालय २००८ सालमा सथापना भएको थियो ।
    ग्रामीण क्षेत्रका दलीत र गरिब बालबालिकाले पढ्न लेख्न नपाउने समयमा विश्वकर्माले बिद्यालय स्थापना गरेको स्मरणमा हरेक बर्ष यो बिद्यालयले वार्षिकोत्सव समेत विश्वकर्मा पूजाको दिन पारेर मनाउने गरेको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिद्यालयको वार्षिकोत्सव उद्घाटन गरे । मुल समारोह गरेको कार्यक्रममा नगरप्रमुख श्रेष्ठले शिक्षाको गुणस्तर बढाउने र बालमैत्री नगर बनाउने मुल एजेण्डामा काम भैरहेको बताए ।
    कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बालमैत्री नगर अभियानमा बिश्वकर्मा माबिले अगुवाई गर्न सक्ने बताए । सहरका बिद्यालयमा साहुका छोराछोरी पढेपनि गाउँमा गरिब र किसान समुदायका बालबालिका पढ्ने भएकोले उनीहरुको अधिकार संरक्षणमा अभिभावक र शिक्षक एक हुनुपर्ने धारणा पोखरेलको थियो ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर गौतमको अध्यक्षता, शिक्षक गोबिन्द कार्कीको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक अच्युत गौतमले स्वागत तथा बिद्यालयको वार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए ।
    उक्त अबसरमा बिद्यार्थीबीच भएका वक्तृत्वकला, लोकगीत, नृत्य प्रतियोगिता, एथलेटिक्स लगायतका खेलकुँद गतिविधिका बिजयी बिद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा संस्थापत भगत सर्वजीत विश्वकर्माको सम्झना र उनको योगदानको पनि सहभागिले चर्चा गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend