१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बल्देधुरी घटनाका दुई फरार प्रतिवादी पक्राउ


जनमञ्च संवाददाता
  • १० असोज २०८० , बुधबार

  • बल्देधुरी घटनाका दुई फरार प्रतिवादी पक्राउ

    बागलुङ, १० असोज– जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
    २०७७ चैत महिनाको १५ गते बागलुङको बडिगाड गाउँपालिकास्थित बल्देधुरीमा फागुपुर्णिमा मेलामा झडप हुँदा दुई जनाको हत्यामा संलग्न रहेको आरोपमा २९ बर्षिय तेजपाल भन्ने तेजेन्द्र छन्त्याल र १९ बर्षिय राजकुमार घर्तिलाई पक्राउ गरेको हो ।
    दुई जनामध्ये २९ बर्षिय छन्त्याललाई २३ बर्ष ८ महिना २४ दिन र १९ बर्षिय घर्तीलाई १५ बर्ष २ महिना १८ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी मदन केसीले जानकारी दिए ।
    फागुपुर्णिमाको अवसरमा बिवाद हुँदा निसीखोला–७ का ३६ बर्षिय प्रकाश कुँवर र ३४ बर्षिय दिपक परियारको ज्यान गएको थियो । बडिगाड–१० का युवाले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरेका थिए । पक्राउ परेका दुबै जनालाई लगत कट्टाको लागि जिल्ला अदालतमा पठाईएको सुचना अधिकारी केसीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend