बागलुङ, १५ असोज– एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ४८ अन्र्तगत बागलुङ शाखाको ३१ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राज्य वा बिद्रोही पक्षलाई उत्तरदायी बनाउने काममा एम्नेष्टीको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले सुशासन स्थापना गर्न, वातावरण प्रदुषण बिरुद्ध तथा जलवायु परिवर्तनको असर न्युनिकरणमा पनि एम्नेष्टीले विश्वव्यापी अभियान चालेको भन्दै ती बिषय मानव अधिकारको क्षेत्रमा अटाउनु पर्ने सोच समेत एम्नेष्टीले ल्याएको बताए ।
दण्डहिनताबिरुद्ध आबाज उठाउने काममा एम्नेष्टी बोलेपछि संसारका कुनैपनि शक्तीहरु प्रतिवाद गर्न नसक्ने अबस्थामा आएको भन्दै युवाहरुलाई यो अभियानमा जोडिएर अन्त्यायको बिरोध गर्न पनि सुझाव दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य, एम्नेष्टी बागलुङका संस्थापक चण्डीप्रसाद शर्मा पौडेल, केन्द्रीय प्रतिनिधि सुमन बसौला, पूर्व अध्यक्ष श्रीकृष्ण पौडेल, धौलागिरि बहुमुखी क्याम्पस स्ववियुका उपसभापति दिपक सुवेदी, कोषाध्यक्ष सृष्टी आचार्य लगायतले बोलेका थिए । ३१ बर्षअघि बागलुङमा यो संस्था स्थापना गरिएको थियो ।
एम्नेष्टी समूह ४८ का संयोजक सुजन सापकोटाको अध्यक्षयता, बिष्णुराज पौडेलको स्वागत र कोषाध्यक्ष बलराम रिजालको सचालनमा सम्पन्न कार्यक्रममा सचिवको प्रगती प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास भएको थियो ।
कार्यक्रमले जिल्लाभर युथ नेटवर्क बनाउने, मानवअधिकार रक्षाको क्षेत्रमा काम गर्ने र अन्यायबिरुद्व आबाज बुलन्द पार्ने लगायतका निर्णय गरेको छ ।