१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

सुस्माको स्वर रहेको ‘शीरको फूल’ बजारमा


जनमञ्च संवाददाता
  • १७ असोज २०८० , बुधबार

  • सुस्माको स्वर रहेको ‘शीरको फूल’ बजारमा

    बागलुङ, १७ असोज– गायिका सुस्मा बिसीको स्वर रहेको ‘शीरको फुल’ गीत सार्वजनिक भएको छ । डिजिटल बजार युटुवमार्फत गीत सार्वजनिक भएको हो ।
    रिअल पिक्चरस प्रा.लि.को निर्माणमा गीत बजारमा सार्वजनिक गरिएको हो । राम बास्तोलाको निर्देशन र गायिका सुस्मा बिसीको स्वर रहेको ‘शीरको फूल’ नामक मौलिक गीतको शब्द भोजेन्द्र अधिकारीले लेखेका हुन संगीत पनि भोजेन्द्र अधिकारीले गरेका हुन् ।
    गीतमा प्रेम पछिको विछोड र प्रेम वियोगले बुढेसकालसम्म दिएको चोट र पिंडालाई मार्मिक ढंगले चित्रण गरिएको छ । निकै मार्मिक कथाबस्तु रहेको गीतको म्युजिक भिडियोमा काठेखोला गाउँपालिका–४ तंग्राम बागलुङका नवउदयीमान कलाकार चन्द्रमा विश्वकर्मा र साहिल गायकले अभिनय गरेका छन् ।
    म्युजिक भिडियोमा मुख्य कलाकारको रुपमा रहेकी कलाकार चन्द्रमा विश्वकर्माकी आफ्नी स्वर्गीय आमा सस्ती विश्वकर्मालाई समर्पण गरिएको उक्त सांगीतिक कृति झट्ट हेर्दा जो कुनैलाई पनि कुनै सटमुभीजस्तै लाग्छ । पोखराको घाचोकमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा रोहित गायक, पदम बहादुर बस्ताकोटी, दिप्ना रसाइली, महादेव अधिकारी, कृष्ण सिर्पाली, सनम थापा मगर, यज्ञबहादुर गायक र काठेखोला–३ धम्जा, बागलुङका गजल विश्वकर्माको समेत अभिनय छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend