१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

ताराखोलामा जीप दुर्घटना हुँदा ७ जना घाईते


जनमञ्च संवाददाता
  • १८ असोज २०८० , बिहिबार

  • ताराखोलामा जीप दुर्घटना हुँदा ७ जना घाईते

    बागलुङ, १८ असोज– पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् ।
    धौलागिरी कालिका यातायात प्रा.लि.को ग १ ज ६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा सवार सबैको उद्धार गरेर उपचारका लागि गलकोट नगर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक राम नारायण चौधरीले जानकारी दिए ।
    चालकले टायरमा ओट लगाउने ढुंगा खोज्दा खोज्दै जीप खोलामा खसेको उनले बताए । घाइते हुनेहरुमा ताराखोला–५ चरौदीकुनाका मिलन सापकोटा, सिपकी शिरकुमारी दर्जी, रबि परियार, मनिषा परियार, सुशिला परियार, ताराखोला–४ दलान्चौरकी कमला खत्री र ताराखोला–२ अर्गलका भिमबहादुर रोका रहेको वडा नं. ३ का अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए ।
    घाइते भएका सबैको गल्कोट नगर अस्पतालमा उपचार भैरहेको र थप उपचार आबश्यक पर्ने बिरामीका लागि पोखरा रिफर गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend