१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

जैमिनीमा दलित संग्राहलय बनाइने


जनमञ्च संवाददाता
  • २० असोज २०८० , शनिबार

  • जैमिनीमा दलित संग्राहलय बनाइने

    बागलुङ, २० असोज– दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्राहलय बनाइने भएको छ ।
    शुक्रबार दलित संग्राहलय तथा अध्ययन अनुसन्धान केन्द्र स्थापनार्थ प्रारम्भिक अबधारणा प्रस्तुतीकरण र छलफल कार्यक्रममार्फत संग्राहलय अभियानको थालनी गरियो । संग्राहलयको स्थापनाको दिनको रुपमा शुक्रबारलाई लिने गरी ३ बुँदे जैमिनी घोषणासमेत गरिएको छ ।
    शुक्रबार जैमिनीको कुश्मीसेरामा आयोजित अभियानको थालनी कार्यक्रममा जिल्लाका अन्य पालिकाका प्रमुख तथा उपप्रमुख, कार्यपालिका सदस्यहरु, दलित समुदायका अगुवा, अधिकारकर्मी र राजनीतिक दलका अगुवाको उपस्थितिमा दलित संग्राहलय निर्माण गरेर देशकै नाम बागलुङबाट लेखिनुपर्ने धारणा राखे ।
    जैमिनी नगरपालिका वडा नं.. ७ को जैदीमा संग्राहलय बनाइने भएको छ । वडा अध्यक्ष केन्द्रबहादुर रसाइलीको अगुवाईमा केही समय अघिदेखि संग्राहलय बनाउने बहस चलेको थियो । गत चैतमा नगरपालिकाले आफ्नो अंगको रुपमा कार्यपालिकाले निर्णय गरेपछि गत असारमा नीति तथा कार्यक्रम र बजेटमा पनि संग्राहलयको योजना समावेश थियो । यो अभिायनलाई मुर्त रुप दिन शुक्रबारदेखि औपचारिक कामको थालनी भएको हो ।
    कार्यक्रममा दलित संग्राहलय बनाउने मात्र नभइ दलित समुदायका विभिन्न जातिमा भएको सीप पुस्तान्तरण गर्ने र संरक्षण गर्ने बिषयमा पनि सबै एकजुट भएका छन् । दलित र गैर दलित बीचको बिभेद अन्त्य गर्ने, संग्राहलयलाई सबैले साझा र अपनत्व लिने समेत घोषणामा उल्लेख छ ।
    जैमिनीमा पुगेका जनप्रतिनिधिहरुले देशकै पहिलो दलित संग्राहलय बन्न लागेकोले आबस्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनीहरुले दलीतहरु सीपमा धनी भएकोले हरेक नागरिकले उनीहरुको सीपबिना जीवन चलाउन अप्ठ्यारो परेको इतिहास संग्राहलयले सम्झाउने बताए । संग्राहलयलाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा पनि विकास गरिने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend