बागलुङ, २२ असोज– वडा अध्यक्ष छँदा गाँजाको भण्डारन गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साँढे तीन बर्ष जेल सजाए तोकेको छ ।
आइतवार उच्च अदालतका न्यायाधिस मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उक्त सजाए तोकेको हो ।
यस अघि ९ महिना अघि जिल्ला अदालत बागलुङले पनि घर्तीलाई ५० हजार जरिवाना र साँढे तीनबर्ष जेल सजाए तोकेको थियो । केही समय फरार भएर उच्च अदालतमा पुरनरावेदन गरेपछि मात्र घर्ती बाहिर निस्केका थिए । केही समय फरार भएर उनले गत पुसको हिउँदे गाउँपारिषद समेत ढीला सम्पन्न गरेका थिए । जिल्लाको फैसलापछि फरार घर्तीले उच्चमा पुनरावेदन गरेपछि राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागि बन्दै आएका थिए ।
२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका वडा नंं ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनी बिरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।