१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

मापदण्डविपरित मासुको भण्डारण


जनमञ्च संवाददाता
  • २३ असोज २०८० , मंगलबार

  • मापदण्डविपरित मासुको भण्डारण

    बागलुङ, २३ असोज– बागलुङ बजारमा रहेका मासु पसलहरुले मासुको भण्डारका लागि रातको समयमा फ्रिजको प्रयोग नगर्ने गरेको भेटिएको छ । रातभरी फ्रिजमा विद्युत आपूर्ती हुँदा मासु निकाल्नै नसक्ने गरी जम्ने गरेको भन्दै उनीहरुले बिद्युत बन्द गर्ने गरेका हुन् ।
    जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश मासु पसलले फ्रिज बन्द गरेर राख्ने गरेको पाईएको हो । प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, खाद्यप्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भेटिरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र समेतको सहभागिमा भएको अनुगमनमा मापदण्ड विपरीत मासुको भण्डारण भएको पाईएको हो ।
    ‘फ्रिज बन्द गरेर मासु भण्डारण गर्न पाईंदैन्, बजारमा भएका मासु पसलहरुलाई सचेत गराईएको छ, नसुध्रिए नियमानुसार कारवाही हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने ‘उपयुक्त टेम्प्रेचर मेण्टेण्ड गरेर मासुको भण्डारण हुनुपर्छ ।’ अनुगमन गरिएकामध्ये अधिकांश मासु पसलहरुले फ्रिज बन्द गरेको भेटिएको बरालले बताए ।
    अनुगमन टोलीले मिष्ठान्न पसलहरुको पनि अनुगमन गरेको थियो । अधिकांश मिष्ठान्न पसलमा सरसफाईलाई थप व्यवस्थित गराउनुपर्ने पाईएको बरालले बताए । केही मिष्ठान्न पसलले कामदार राखेर नियुक्ती नदिएको पाईएकाले तत्काल नियुक्ती दिन निर्देशन दिएको उनले बताए । म्याद गुज्रेका सामग्री भने बजारका हरेक पसलमा भेटिने गरेको उनले सुनाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend