१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बरिष्ठ सई हत्या आरोपमा थप एक पक्राउ


जनमञ्च संवाददाता
  • २७ असोज २०८० , शनिबार

  • बरिष्ठ सई हत्या आरोपमा थप एक पक्राउ

    बागलुङ, २७ असोज– बरिष्ठ सइ उज्वल पौडेल हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बडिगाड गाउँपालिका–६ स्थित प्रहरी चौकी इन्चार्ज पौडेलको गत साउन ४ गते हत्या भएको थियो ।
    हत्या आरोपमा आसा खाजा घरका संचालक आशा कुँवर र उनका छोरा बिनोद पक्राउ परेको तीन महिनापछि स्थानीय बिशाल सुनार पनि पक्राउ परेका हुन् । पक्राउ परेका सुनार १९ बर्षका छन् । ‘अनुसन्धानको क्रममा सुनार पनि संलग्न भएको खुल्यो’ प्रहरी नायव उपरिक्षक मदन केसीले भने, ‘म्याद थप गरेर उनको अनुसन्धान भैरहेको छ ।’ डिउटीबाट फर्केर खाजा खान गएका बरिष्ठ सई पौडेलको उक्त दिन राती १० बजे हत्या भएको थियो ।
    होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि कुँवर र उनकै छोरा बिनोदले टाउकोमा मुक्का हानेर बेहोस बनाएपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी रिर्पोट थियो । अनुसन्धानको क्रममा प्रहरीले बिहिबार सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन म्याद थप गरि थुनामा राख्ने आदेश दिएको छ ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend