१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

मालढुंगामा सवारीसाधनको चेकजाँच, बजारमा भेटिए अखाद्य वस्तु


जनमञ्च संवाददाता
  • ३० असोज २०८० , मंगलबार

  • मालढुंगामा सवारीसाधनको चेकजाँच, बजारमा भेटिए अखाद्य वस्तु

    बागलुङ, ३० असोज– जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र यातायात व्यवस्था कार्यालय बागलुङको संयुक्त टोलीले सोमबार जिल्लाको प्रवेशद्वार मालढुंगामा छड्के चेकजाँच गरेको छ ।
    दुइ घण्टाको समयमा झण्डै २ सय बढी सवारीको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । बिशेषगरी चाडपर्व लक्षित अनुगमनलाई अझै व्यवस्थित बनाउने लक्षले छड्के गरिएको हो ।
    सवारी साधनमा चर्को भाडा लिने प्रवृति अन्त्य गर्ने, अबैध कारोवारहरु नियन्त्रण गर्ने र बालबालिका तथा महिलालाई सार्वजनिक सवारीमा गरिने दुव्र्यवहार रोक्ने जस्ता कार्यकालागि यो अनुगमन गरिएको उनले जानकारी दिए ।
    ‘यात्रुबाहक गाडीमा लागूऔषधको ओसारपसारसमेत हुन सक्छ’ उनले भने, ‘त्यसका लागि पनि सचेत बनाउने र भएको खानतलासी गर्ने क्रमका लागि छड्के परीक्षण उपयोगी छ ।’ केही समय दैनिक र त्यसपछि समय–समय पारेर सवारी साधनको चेकजाँच गर्ने उनले बताए ।
    उक्त अबसरमा ट्राफिक प्रहरीले मापसे जाँच गरेको थियो । छड्केका लागि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी नायव उपरिक्षक मदन केसी, यातायात व्यवस्था कार्यालयका प्रमुख प्रभाकर घिमिरेलगायत उपस्थित थिए ।
    कतै म्याद सकिएका सामान, कतै दर्ता बिनै संचालन


    पसलमा राखिएका सामानमा एकादुइ म्याद सकिएका भेटिनु नौलो होइन । तर बानपा–१ को रुद्रेपिपल र कालिका मन्दिर अगाडिको उद्यानमा राखिएका पसल खाली हुने गरेर म्याद सकिएका सामान भेटिएका छन् ।
    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, पर्यटन तथा उद्योग कार्यालय र उद्योग बाणिज्य संघको सामुहिक बजार अनुगमनमा ती सामान भेटिएका हुन् । रुद्रेपिपलदेखि कालीका मन्दिर जाने तर्फका केही पसल खाली हुने गरी म्याद नाघेका सामान भेटिएका हुन् ।
    पेय तथा खाद्यपदार्थमा भेटिएका ती सामानको म्याद नाघेको देखेपछि ती पसलले ल्याउने होलसेलमा समेत अनुगमन गरिएको हो । बानपा–१ रामरेखास्थित शिव स्टोर्समा पुग्दा पनि पेय पदार्थको म्याद नाघेको भेटिएको बरालले जानकारी दिए । सामान्य रुपमा केही दिन म्याद नाघेकालाई फिर्ता गर्ने शर्तमा छाडिएको छ भने धेरै समय काटेका, जवरजस्ती राखिएका पसलमा जरिवाना पनि गरिएको हो ।
    कालीका मन्दिर नजिकैको उद्यानमा चिया, समोसा लगायत बिक्री गर्ने पसलमा पनि सरसफाइ कम भएको तथा अखाद्य तेल प्रयोग भएको भेटिएको हो । अनुगमन टोलीले तेलको परीक्षण समेत गर्दा अखाद्य पाएपछि पकाइ राखेको समोसा र तेल नष्ट समेत गरिएको थियो । उक्त स्थानका आधादर्जन पसल दर्ताबिनै चलेको भेटिएपछि तत्काल दर्ता प्रक्रियामा लैजानपनि निर्देशन दिएको नगरपालिकाकी प्रतिनिधि सरस्वतीदेवी रेग्मीले बताइन् ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend