१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

स्वास्थ्य सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड


जनमञ्च संवाददाता
  • १ कार्तिक २०८० , बुधबार

  • स्वास्थ्य सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड

    बागलुङ, १ कात्तिक– जिल्लाको नारायणस्थानबासीले स्वास्थ्यचौकीबाट प्रवाह हुने स्वास्थ्य सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य सेवा जनमुखी नहँुदा आम नागरिकले स–सानो रोगका लागि पनि बिभिन्न समस्या भोग्नुपर्ने भएकाले स्वास्थ्य सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
    बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित स्वास्थ्यचौकी संचालन तथा व्यवस्थापन समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयबासीले स्वास्थ्य सेवालाई जनमुखी बनाउन सकेमा मात्र नागरिकको जीवन सहज हुने बताएका थिए ।
    स्वास्थ्यचौकीबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप जनमुखी र व्यवस्थित बनाउने अभिप्रायले आयोजना गरिएको कार्यक्रममा स्थानीयले स्वास्थ्यचौकीबाट प्रवाह भैरहेका सेवासुविधा, कर्मचारीले गर्ने व्यवहार, औषधी बितरण प्रक्रिया, बिमा प्रक्रिया लगाएतका बिषयमा जिज्ञासा राखेका थिए ।
    सहभागीबाट उठेको जिज्ञासामा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, वडा अध्यक्ष चक्रबहादुर खत्री, नगरपालिकाका सिनियर अहेव अधिकृत बिष्णुप्रसाद शर्मा र स्वास्थ्यचौकी इन्चार्ज ऋषीराम शर्माले जवाफ दिएका थिए ।
    कार्यक्रम नारायणस्थान स्वास्थ्यचौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज ऋषीराम शर्माको स्वागत र धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend