१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

भूकम्पाबाट प्रभावित क्षेत्रमा बागलुङबाट ५० लाखको राहत पठाइने


जनमञ्च संवाददाता
  • २० कार्तिक २०८० , सोमबार

  • भूकम्पाबाट प्रभावित क्षेत्रमा बागलुङबाट ५० लाखको राहत पठाइने
    ????????? ????????? ????????????? ????? ???????? ???? ???? ???????? ????? ??¥????? ???? ?????????-? ??????????? ?????? ??????? ?????????? ???? ??????? ?????? ??.?? / ????

    बागलुङ, २० कात्तिक– भुकम्पले क्षति पुगेको पश्चिम नेपालका जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तिमा ५० लाखको राहत पठाइने भएको छ ।
    जिल्ला बिपद व्यवस्थापन समितिमा सहभागि जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् भने अन्य संघसंस्थाको सहयोग पनि व्यवस्थापन गरेर पठाइने निर्णय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
    बैठकमा उपस्थित सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संकलित सहयोगलाई जिल्ला प्रशासनमार्फत बितरण गर्ने निर्णय भएको हो ।
    बागलुङका ४ नगरपालिकाले ६ लाख ३० हजार र ६ गाउँपालिकाले ४ लाख २० हजारका दरले गरी ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
    उक्त रकममध्ये नगद रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावस्यक सामाग्री खरिद गरेर पीडितलाई बितरण गर्ने तयारी भएको श्रेष्ठले जानकारी दिनुभयो । राहत बितरणका लागि जिल्लाको टोली त्यसतर्फ सोमबार जानेछ ।
    बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा संघसस्थाले पनि राहत सामाग्री संकलन गरिरहेका छन् । ‘हामीले न्यानो कपडा संकलन गरिरहेका छौं, बितरणका लागि टिम बनाएर पठाउने तयारी छ’ उनले भने, ‘पीडितको आवस्यक पु¥याउन प्रशासनले समन्वय गर्नुपर्छ ।’
    बैठकमै पुग्नुभएका सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले ५० हजार र बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले १ लाख दिने अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend