१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

छात्रबृत्ति कोष स्थापनाका लागि देउसीभैलो स्ववियुको देउसीभैलो


जनमञ्च संवाददाता
  • २३ कार्तिक २०८० , बिहिबार

  • छात्रबृत्ति कोष स्थापनाका लागि देउसीभैलो स्ववियुको देउसीभैलो

    बागलुङ, २२ कात्तिक– धौलागिरि बहुमुखी क्याम्पसमा छात्रबृत्ति कोष स्थापनाका लागि स्वतन्त्र बिद्यार्थी युनियनले देउसी भैलो कार्यक्रम संचलन गरिने भएको छ ।
    धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई छात्रबृत्ति रकम प्रदान लगाएतका उद्धेश्य राखी युनियनको नेतृत्वमा देउसी भैलो कार्यक्रम संचलन गरिने भएको हो ।
    १ करोड संकलन गर्ने लक्ष्यसहित छात्रबृत्ति कोष स्थापनाका कार्तिक २४ गतेदेखि देउसीभैलो कार्यक्रम संचालन गरिने र अन्य कार्यक्रममार्फत पनि रकम संकलन गरिने स्वतन्त्र बिद्यार्थी युनियनका सभापति सुदिपसागर कँडेलले जानकारी दिए ।
    बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति कँडेलले छात्रबृत्ति कोष स्थापनासहित क्याम्पस र समुदाय बीचको सम्वन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ बिद्यार्थीको आकर्षण बढाउन तथा कोष खडा गरि व्याजबाट बार्षिक रुपमा १ सय जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने उद्देश्य रहेको बताए ।
    छात्रबृत्ति कोष स्थापनाका लागि क्याम्पससहित, बागलुङ र छिमेकी जिल्लाका पालिकाबाट समेत आवश्यक रकम संकलन गरिने छ । स्ववियुले बिद्यार्थीहरुको मनोबल बढाउन संचालन गरिने कोष स्थापनाको कार्यक्रममा सहयोग गर्न देश तथा बिदेशमा रहेका सम्पूर्ण रहेका सबैलाई अपिल गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend