१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

रुद्रेपीपल टोल विकास संस्थाको साधारणसभा


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०८० , शुक्रबार

  • रुद्रेपीपल टोल विकास संस्थाको साधारणसभा

    बागलुङ, २४ कात्तिक– रुद्रेपीपल सामुदायीक टोल विकास संस्थाको नवौं साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाले कोषाध्यक्ष र सचिवका प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।
    साधारणसभालाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सबैखाले विकासका लागि समुदायको सहयोग महत्वपूर्ण हुने बताए । बागलुङ नगरपालिकाले कुकुर पार्क निर्माण, दिगो ढल व्यवस्थापन लगायतका महत्वपूर्ण कामहरुको सुरुवात गर्न लागेको भन्दै श्रेष्ठले ती कार्यक्रममा सहयोग गर्न समुदाय स्तरबाट सहयोग गर्न आग्रह गरे ।
    बिबिधताले भरिएको नेपाली समाज मिलेर बस्ने परम्परालाई कायम राख्न श्रेष्ठले आग्रह गरे । टोल विकास संस्थाले रुद्रेपीपलमा लामो समयदेखि टोलबासीका हितमा काम गर्दै आएको छ । साधारणसभामा सचिव राजन थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सोम बोसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव कमल बोहराले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend