९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आमा सेनिमार : बाबुआमाको सेवा गरेमा आश्रमहरु बनाउनै पर्दैन


जनमञ्च संवाददाता
  • २४ माघ २०८० , बुधबार

  • आमा सेनिमार : बाबुआमाको सेवा गरेमा आश्रमहरु बनाउनै पर्दैन

    बागलुङ, २४ माघ– बागलुङ उद्योग बाणिज्य संघ र मानवसेवा आश्रम बागलुङको आयोजनामा एक दिने आमा सेमिनार सम्पन्न भएको छ ।
    सडकमा भेटिएका सहयोगापेक्षी लगेर आश्रममार्फत सेवा गरिरहेको आश्रमले केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सेमिनार गरेको हो । सेमिनारको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उनले मानव सेवामार्फत राज्य, सरकार र स्थानीय तहलाई सहयोग गर्ने आश्रमका सदस्यले देखाएको मानवताबाट सबैले पाठ सिक्नुपर्ने बताइन् ।
    उनले आफ्नै घरबाट बाबुआमाको सेवा गरेमा मानवसेवा आश्रमहरु बनाउनै नपर्ने अवस्था आउने समेत बताइन् । ‘अहिले निर्माणाधिन भवनहरु पुरा गरेर आश्रितलाई राखौं, भोलीका दिनमा कोही पनि सडकमा आउनै नपर्ने गरी काम गरौं’ सिंखडाले भनिन्, ‘यो अभियान घर घरबाट थालौं ।’
    जिल्ला समन्वय प्रमुख अमर थापाले समाज बिखण्डन भैरहेको भन्दै घरबाट निस्केर सडकमा पुग्नेलाई माया दिएर पुर्नमिलन गराउने काम चुनौतीको भएको बताए । उनले आश्रमको समाजसेवाबाट सबैले सेवाको भावना सिक्नुपर्ने बताए ।
    कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सडक मानवरहित देश बनाउने महाअभियानबारे जानकारी दिए । आगामी २०८२ भित्र नेपालको कुनैपनि सडकमा अभिभावकबिहिन बालबालिका, सहयोगी बिनाका अभिभावक नदेखिने बनाउने बताए । त्यसका लािग आश्रमले देशव्यापी यात्रा पनि गरिरहेको जानकारी दिए ।
    सडकमा भेटिएका वृद्दवृद्दा र बालबालिकालाई उद्दार गरेर पछिल्लो ८ वर्षमा झण्डै १० हजार जनालाई सेवा दिएको उनले बताए । त्यसमध्ये २ हजार सडक मानव आश्रमका विभिन्न स्थानमा आश्रित छन् । दानमुठीबाटै ती आश्रम संचालनमा आइरहेका छन् । बागलुङमा रहेको आश्रममा ५० जना सडक मानवको उद्दार गरेर राखिएको छ । उक्त सेमिनारमा बागलुङ शाखाकी संचालक बिपना तामाङ र बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले आमा सेमिनार आयोजना गर्नुको औचित्यबारे जानकारी दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend