९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

‘चिल्ड्रेन लाइफ कप’को उपाधि चिल्ड्रेन ‘निलो’लाई


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०८० , सोमबार

  • ‘चिल्ड्रेन लाइफ कप’को उपाधि चिल्ड्रेन ‘निलो’लाई

    बागलुङ, १४ फागुन– तेस्रो ‘चिल्ड्रेन लाइफ कप’ फुटबलको उपाधी चिल्ड्रेन लाइफ आबासीय माबि ‘निलो’ले जितेको छ । चिल्ड्रेन लाइफ स्पोर्टस क्लबले माध्यामिक बिद्यालय स्तरीय फुटबल खेल आयोजना गरेको थियो । खेलमा १० टिम सहभागि थिए ।
    आइतवार यहाँको बाङगेचउर खेल मैदानमा भएको खेलमा चिल्ड्रेन लाइफले बिद्यँमन्दिर माबि लाई शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको हो । चिल्ड्रेन लाइफका कप्तान बिविध थापाले दोश्रो हाफको ४ मीनेटमा गोल गरेका हुन् ।
    जितसँगै उसले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । बिद्यामन्दिरले २२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो । पहिलो हाफ बराबरी खेलेपनि बिद्यामन्दिरले चिल्ड्रेन लाइफलाई दवावमा राखेको थियो । डि एरिया नजिकैको पाएको फ्रि किकको सदुपयोग गर्दै चिल्ड्रेनका थापाले गोल गर्न सकेका हुन् । पहिलो पटक फाइनल पुगेको बिद्यामन्दिरले पनि उत्कृष्ठ प्रर्दशन गरेको थियो ।
    तीनवटा संस्करणमा चिल्ड्रेनले दोश्रो पटक जित निकालेको हो । पहिलो संस्करण जितेको चिल्ड्रेन लाइफ गतबर्षको दोश्रो संस्करणमा भने अमर आदर्श आबासीय माबिसँग पराजित भएको थियो । तेस्रो कप पुन आफ्नो पोल्टामा ल्याउन सफल भयो ।
    फाइनल प्रवेशका लागि शनिवार भएको खेलमा चिल्ड्रेन लाइफले फ्युचर ब्राइटर आबासीय माबिलाई शुन्यका बिरुद्ध २ गोलले पराजित गरेको थियो भने बिद्यामन्दिरले ट्राइबेकरमा न्यु ओएसिस आबासीय माबिलाइ ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend