९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पर्वत एमाले अध्यक्षमा राजु पौडेल निर्वाचित


जनमञ्च संवाददाता
  • २७ पौस २०७८ , मंगलबार

  • पर्वत एमाले अध्यक्षमा राजु पौडेल निर्वाचित

    पर्वत, २७ पुस – नेकपा एमाले पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहेका पौडेललाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो ।
    महाशिला गाउँपालिका–५ निवासी उनी यसअघि आठौं जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए । त्यसअघि उनी एमाले जिल्ला उपाध्यक्षलगायत विभिन्न पदमा बसेर काम गरेका थिए ।
    त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनवाट ९० जनाको जिल्ला कमिटी नै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाइँले जानकारी दिइन ।
    जिल्लाका सातवटै स्थानीय तहबाट मिलाएर सदस्यहरु छनोट गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई मंगलवार नै पद तथा गोपनीयताको शपथ खुवाइएको छ । अधिवेशन पुस २३ गतेदेखि सुरु भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend