१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

गोरखामा हिउँले विद्यालय भत्कायो


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • गोरखामा हिउँले विद्यालय भत्कायो
    हिमपातपछि भत्किएको चुमनुब्री–७ छेकम्पारस्थित बुद्ध आधारभूत विद्यालय। तस्बिर : छिरिङ लामा

    गोरखा, ३० पुस – भारी हिमपातपछि गोरखामा एक विद्यालयको भवन भत्किएको छ। चुमनुब्री गाउँपालिका-७ छेकम्पारको बुद्ध आधारभूत विद्यालयको भवन भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले बताए।

    ‘पाँचकोठे छात्रवास भवनको छानामाथि चार फिटभन्दा बाक्लो हिउँ जम्यो,’ लामाले भने, ‘लामो समयसम्मको भार धान्न नसकेर भवनको छानो भत्कियो।’ भवन भत्किएपछि छात्रवासमा रहेका विभिन्न सामग्रीहरूमा क्षति पुगेको उनले बताए।

    हिमपातपछि विद्यालयमा जाडो बिदा गरिएकाले अन्य क्षति भने नभएको विद्यालयले जनाएको छ। ‘त्यो छात्रवास भवनमा ३० जनाभन्दा धेरै विद्यार्थी बस्थे,’ उनले भने, ‘हिमपात भएपछि विद्यालय बन्द गरियो। होस्टेल पनि बन्द गरियो र ओढ्ने, ओछ्याउने कपडाहरू, किताबहरू चाहिँ विद्यालयका अफिस कोठामा राखिएको थियो। तर, फर्निचरहरूमा क्षति पुगेको छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend