१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

१०औं बागलुङ नगरसभा: बेरुजु घटाउन प्रस्ताव


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • १०औं बागलुङ नगरसभा: बेरुजु घटाउन प्रस्ताव

    सबैभन्दा धेरै बेरुजु आउने पालिकामा बागलुङ सूचिकृत भएपछि केही वर्षदेखि आलोचना समेत हुने गरेको थियो । उक्त आलोचना चिर्न बेरुजु घटाउने योजना नगरले ल्याएको हो ।

    बागलुङ, ३० पुस-बागलुङ नगरपालिकाको दशौं नगरसभा बिहीबार सकिएको छ । नगरसभाले बेरुजु फछ्र्यौट तथा लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
    नगरपालिकामा सबैभन्दा धेरै बेरुजु रहेकोले बेरुजुमा भएका त्रुटि सच्याएर सदर गर्ने अभियान थाल्ने निर्णय गरेको हो । हाल नगरपालिकामा १८ करोड ५९ लाख रुपैयाँ बेरुजु छ । उक्त बेरुजु हटाउन अपुग भएका काजगात पूरा गर्ने, सैद्धान्तिक रुपमा क्रम नमिलेका तथा प्रक्रिया नपुगेका स्थानमा प्रक्रिया पु¥याउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

    बैठकको शुरुआतमै पौडेलले बेरुजु घटाउने प्रस्ताव पेश गरेका थिए । महालेखा परीक्षकले गरेको परीक्षणमा देखिएका त्रुटि सच्याउन नगरपालिकाले औपचारिक रुपमा यो प्रस्ताव ल्याएको हो ।
    महालेखाको प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐनको पालना नगरी सोझै सामान खरिद गरेको, रीतपूर्वकको कर बिजक नराखेको, लागत अनुमान तयार नगरी खर्च गरेको, मेयरकपमा स्टिमेट भन्दा बढी खर्च गरेको, घटी दरमा कर उठाएको जस्ता विषय उल्लेख गरिएको छ ।

    सबैभन्दा धेरै बेरुजु आउने पालिकामा बागलुङ सूचिकृत भएपछि केही वर्षदेखि आलोचना समेत हुने गरेको थियो । उक्त आलोचना चिर्न बेरुजु घटाउने योजना नगरले ल्याएको हो । केही बेरुजु भने व्यक्ति र संस्थाको नाउँमा समेत आाएकोले उक्त रकम तिराउन पहल गरिने पौडेलले जानकारी दिए । उनले सभामा उठेका जिज्ञाशाको जवाफ दिंदै राज्यलाई नोक्सानी नपरेका मुद्दामा बेरुजु घटाउने र संपरीक्षण गराउन लागेको पनि बताए ।

    सभामा लेखा समितिका संयोजक कमल खड्काले प्रतिवेदन पेश गरेका थिए । उनलेपनि नगरपालिकाका कतिपय बेरुजु व्यक्तिगत रुपमा समेत रहेकोले ती रकम फिर्ता गर्नुपर्ने आसयको प्रतिवेदन पेश गरेका थिए । उनले समितिको सुझाव मनन् नगर्दा यो अबस्था आएको पनि बताए ।

    ‘हामीले पहिलेदेखिनै भन्दै आएका धेरै विषय र काममा बेरुजु देखिएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि प्रक्रिया पु¥याएर काम गर्ने बानी बसालौं ।’ सभामा न्यायिक समितिको तर्फबाट सदस्य रहेकी वडा नंं ३ की अध्यक्ष लक्ष्मी बास्कोटाले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उक्त प्रतिवेदन पनि पास भएको छ । त्यस्तै नगरसभामै नगरप्रहरी विधेयकको संशोधन समेत भएको छ ।

    नगरसभाले विद्यालय कर्मचारी र सहयोगीका लागि भन्दै रकमान्तरण पनि गरेको छ । केही समय अघि उनीहरुले गरेको आन्दोलनको बिषयलाई लिएर सम्बोधनको प्रयास भएको पौडेलले जानकारी गराए ।

    ‘कतिपय विषय मन्त्रालय तहमा छलफल भएका छन् नीतिगत रुपमा पनि सम्बोधन होलान्, तर यो वर्षका लागि हामीले केही रकम थप गर्नुपर्ने भयो,’ उनले भने, ‘न्युन तलबमा काम गरेका साथीहरुलाई न्याय दिन यो बजेट ल्याएका हौं ।’

    सभाका सदस्य अर्जुन घिमिरे र लेखा समितिका संयोजक खड्काले बागलुङ बसपार्क संचालनमा ढिलाइ भएको र आर्थिक संकटमा पनि नगरपालिकाले फेरी सवारी साधन किन्न खर्च गरेको टिप्प्णी समेत गरेका थिए ।

    उनीहरुले सवारी साधानकालािग विनियोजित रकम अन्य विकासमा लगाउन आग्रह गरे । साथै कोरोना संक्रमणविरुद्ध लाग्न आवस्श्क तयारी गर्न र रकम विनियोजन गर्न ध्यानाकर्षण गराएका थिए । नगरप्रमुख पौडेलले दैविप्रकोप समितिका बजेट भएकोले कोभिड र अन्य प्रकोमा खर्च गर्न सकिने बताए ।

    सभामा उपप्रमुख सुरेन्द्र खड्काले आर्थिक प्रतिवेदन र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बेरुजु फछ्यौटका चरण र प्रयासबारे जानकारी गराएका थिए । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको ५ वर्षे कार्यकालको यो अन्तिम नगरसभा हो । यो सभापछि औपचारिक र नियमित रुपमा यीनै जनप्रतिनिधिले अर्को सभा गर्न पाउनेछैनन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend