९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?

    हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो। यसले हामीलाई संसार देखाउँछ।

    हाम्रो आँखा करिब २० लाख अलग-अलग भाग मिलेर बनेको हुन्छ।

    आँखाका बारेमा केही रोचक तथ्य यस्ता छन्। 
    –     मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ।
    –     हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ।
    –     मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ। त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ।
    –     आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ।
    –    संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्।

    –    आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ।
    –    मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्।
    –    मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ।
    –    आँखाको औसत वजन ८ ग्राम हुन्छ।
    –    हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं।

    –    प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्।
    –    नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन्। उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन्।
    –    संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ।
    –    मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ।
    –    मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ। जसमा रगतको सट्टा अक्सिजन बग्छ।
    –    खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्‍याउने काम मात्रै गर्छ। मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं।

    –    मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं।
    –    एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ।
    –    शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन्।
    –    एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ।
    –     डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ।
    एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend