१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

अधिकांश भागमा हुस्सु र कुहिरो, वर्षा र हिमपातको सम्भावना


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • अधिकांश भागमा हुस्सु र कुहिरो, वर्षा र हिमपातको सम्भावना

    काठमाडौं, ६ माघ – पश्चिमी वायुको प्रभावले आज देशभरको मौसम बदली भएको छ। देशका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ भने वर्षाको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

    आज बिहान काठमाडौं लगायत देशका पहाडी भूभागमा कुहिरो लागेको छ। त्यस्तै, तराई क्षेत्रमा हुस्सु लागेको छ। जसले गर्दा चिसो बढेको छ।

    विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज बिहान छिटफुट वर्षा भएको छ। आज उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।

    अहिले सुदूरपश्चिम र कर्णाली लगायत विभिन्न प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

    शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend