११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

आहा रारा गोल्ड कप : पुलिस अन्तिम आठमा


जनमञ्च संवाददाता
  • ७ माघ २०७८ , शुक्रबार

  • आहा रारा गोल्ड कप :  पुलिस अन्तिम आठमा

    पोखरा, ७ माघ – विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न प्रि–क्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको पुलिसले सेमिफाइनल प्रवेशका लागि आइतबार हुने खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नेछ ।

    निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि निर्णयका लागि भएको टाइब्रेकरमा दुवै टोलीले समान चार चार गोल गरेका थिए । निर्धारित समय र टाइब्रेकरमा बराबरी भएपछि सडन डेथमार्फत विजेता छिनोफानो भएको थियो ।

    सडन डेथमा पहिलो प्रहार गर्ने पुलिसका बुद्ध तामाङ र शेर्पाका जीवन गुरुङ गोल गर्न सफल भएका थिए । सडन डेथको दोस्रो प्रहारमा पुलिसका राम बाजीले गोल गर्दा शेर्पाका पूर्णबहादुर गुरुङको प्रहार विपक्षी किपर रोशन खड्काले विफल पारेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend