१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

स्याङ्जा रेडक्रसको सभापतिमा अर्याल निर्वाचित


जनमञ्च संवाददाता
  • ८ माघ २०७८ , शनिबार

  • स्याङ्जा रेडक्रसको सभापतिमा अर्याल निर्वाचित

    स्याङ्जा, ८ माघ – नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा दिनेश अर्याल निर्वाचित भएका छन्। वालिङ्मा भएको अधिवेशनले अर्याललाई सभापति बनाएको हो। यसअघि उनी रेडक्रसका मन्त्री थिए।

     

     

    स्याङ्जा शाखाको ३७औँ साधारणसभा तथा अधिवेशनले अर्यालको सभापतित्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो। समितिमा उपसभापति लक्ष्मी थापा र लक्ष्मण भट्टराई, मन्त्री रामचन्द्र अर्याल, उपमन्त्री खगेन्द्रप्रसाद अर्याल, कोषाध्यक्ष महेशबहादुर थापा (गणेश), र उपकोषाध्यक्ष अर्जुन पौडेल चयन भएका हुन्।

    यसैगरी सदस्यहरुमा दुर्गा सारु, विष्णु सुवेदी र श्यामादेवी शर्मा, भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वरबन्धु कोईराला, विष्णुप्रताप खाँण, विश्वेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा सर्वसम्मत चयन भएका निर्वाचन अधिकारी कृष्णहरि वाग्लेले जानकारी दिए।

    जिल्लाभर ४० उपशाखा छन्। कोभिड संक्रमणका कारण अधिवेशनलाई बृहत नबनाई थोरै संख्यामा सहभागी गराई सर्वसम्मत चयनतर्फ लागिएको निवर्तमान सभापति भुवनबहादुर पौडेलले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend