११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा


जनमञ्च संवाददाता
  • ८ माघ २०७८ , शनिबार

  • पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा

    पोखरा, ८ माघ – एपिएफ क्लबले पुनरागमन जित निकाल्दै २० औं आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला स्थिति फुटबल मैदानमा भएको खेलमो अमेरीकी टोली वि.वाई.एस.सी मिनेसोटालाई ३–१ गोलको पुनरागमन जित निकाल्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।

    एपिएफको जितमा परिवर्तित खेलाडी रवि थिङ नायक बने । उनको २ गोलले एपिएफलाई अन्तिम चारको यात्रा गराएको हो । खेलको पाँचौ मिनेटमा मिनेसोटाका देशवन पटे«सोनको प्रहार बाहिरिदा अग्रता लिनबाट चुक्यो ।

    १८ औं मिनेटमा धिरजथजाली मगरको प्रहार बाहिरियो । २१ औं मिनेटमा पेमा डुक्पाको प्रहार पनि बाहिरिदा मिनेसोटाको गोल गर्ने अवसर खेर गयो । ६५ औं मिनेटमा मनि लामाको हेडर पोष्ट नजिकैबाट बाहिरिदा एपिएफ गोल गर्नबाट चुक्यो ।

    ६६ औं मिनेटमा मट्ट हुरलोले वान भर्सेस वानको स्थितिमा गोल गर्न नसक्दा मिनेसोटा अग्रता लिनबाट चुक्यो । रिले ओब्रिनको हेडरलाई एपिएफका गोलरक्षक कुरीयामा युयाले पन्च गर्दा क्रसबारमा लाग्दै फर्किएको बलमा मेगल प्लाफक्सले दिएको लामो पासलाई हुरलोले नियन्त्रणमा लिएको अवस्थामा वान भर्सेस वानको स्थिति बनेको थियो ।

    खेलको ६९ औं मिनेटमा हेक्टर ट्रिगुरेवसको गोलमा अग्रता लिएको मिनेसोटाले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । खेलको ७० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै एपिएफ खेलमा फर्किएको थियो ।

    आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै बराबरी गरे । मिनेसोटाका हेक्टर ट्रिगुरेवसले अर्मन्ड बेडोमलाई पेनाल्टी क्षेत्रमा लडाएपछि एपिएफले पेनाल्टीको अवसर पाएको थियो । आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

    खेलको ८४ औं मिनेटमा रवि थिङले गोल गर्दै एपिएफलाई पुनरागमन २–१ गोलको अग्रता दिलाए । ५८ औं मिनेटमा विकी तामाङको स्थानमा मैदान प्रवेश गरेका रविले आवासको रनिङ पासलाई नियन्त्रणमा लिदैँ पहिलो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

    उनले निर्धारित ९० मिनेटको खेलमा थप गरिएको अतिरिक्त ५ मिनेटको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे । उनले ९४ औं मिनेटमा गरेको शक्तिशाली प्रहारमा गोलरक्षक मगरले रोक्ने कुनै अवसर पाएनन् । ९३ औं मिनेटमा मैदान प्रवेश गरेका युवराज खड्काले एक डिफेन्डरलाई बिट गर्दै प्रदिपलाई पास दिएका थिए ।

    प्रदिपले उक्त बललाई ब्याक फ्लिक गर्दा आवासले प्रहार गर्न खोज्दा हेक्टरलाई लाग्दै फर्किएको बलमा रविले निकै लामो प्रहार गरेका थिए । एपिएफले उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–० गोलले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend