१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

गण्डकीका मुख्यमन्त्री तनहुँ हाईड्रोमा, जीवनस्तर उकास्ने काम गर्न आग्रह


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • गण्डकीका मुख्यमन्त्री तनहुँ हाईड्रोमा, जीवनस्तर उकास्ने काम गर्न आग्रह

    तनहुँ, ९ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । शनिबार निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको आयोजनाको मुख्य मन्त्री पोखरेलले निरीक्षण गरेका हुन् ।
    पोखरेलले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेका हुन् । निरीक्षणपछि पोखरेलले निर्धारित समयमै काम सक्न निर्देशन दिए ।

    तनहुँबासीको आर्थिक जीवनस्तर उकास्ने गरी काम गर्न उनको आग्रह छ । ‘प्रभावित स्थानीय तहहरुसँग समन्वय गर्दै आयोजनालाई जनमैत्री बनाएर निर्माणको काम गर्नुहोला,’ उनको निर्देशन छ ।

    गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले तनहुँ हाइड्रोपावरले अध्ययन गरिरहेको तल्लो सेती जलविद्युत आयोजनाबाट प्रभावित हुने पृथ्वी राजमार्गको विकल्पमा रहेको बुद्धसिंह मार्गको निर्माण गर्दा प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरे ।

    आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावरका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend