१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

बतास समूहसँग गरिएको पशुपति धर्मशाला सम्झौता रद्द गरिँदै


जनमञ्च संवाददाता
  • ११ माघ २०७८ , मंगलबार

  • बतास समूहसँग गरिएको पशुपति धर्मशाला सम्झौता रद्द गरिँदै

    काठमाडौं, ११ माघ – पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्सँग स्वीकृति समेत नलिई ‘नेपाल-भारत मैत्री धर्मशाला’ सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता मंगलबार खारेज हुने भएको छ।

    मंगलबार बस्ने पशुपति क्षेत्र विकास कोषको बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतले जनाएको छ। पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड रूपैयाँ लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न बतास समूहसँग भएको सम्झौता रद्द हुन लागेको हो।

    बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

    उक्त समितिले सम्झौता गैरकानुनी भएको जनाउँदै ठेक्का सम्झौतामै मिलेमतो भएको समेत दाबी गरेको थियो। नारायणहिटीमा जस्तै धर्मशाला सम्झौतामा समेत बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का दिएको पाइएको प्रतिवेदनले देखाएको थियो। बोलपत्र प्रस्ताव गर्दा अन्य कम्पनीलाई फेल गराउन दान, दातव्य, सामाजिक कार्यमा तीन करोड रूपैयाँ खर्च गरेको हुनुपर्ने सर्त उल्लेख गरिएकाले सम्झौतामा मिलेमतो भएको हुन सक्ने छानबिन समितिले ठहर गरेको थियो।

    सम्झौताको मापदण्ड नै बतासलाई दिने गरी कायम गरेपछि मिलेमतो भएको हुनसक्ने प्रविदेशनले देखाइसकेकाले सम्झौता रद्द भएपछि थप छानबिन अगाडि बढ्नेसमेत स्रोतले जनाएको छ। बतास समूसहसँग सम्झौता गर्दा र मापदण्ड तय गर्दा पदीय दायित्व निर्वाह नगर्ने, कोषलाई हानि–नोक्सानी पुर्‍याउने र अनधिकृत सम्झौता कानुनसम्मत भनेर सञ्चार माध्यममा प्रवाह गर्नेलाई कारबाही गर्न प्रतिवदेनले सिफारिस गरे पनि हालसम्म कुनै कारबाही अघि बढेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफैंले धर्मशालाको निरीक्षण गरेर प्रतिवेदनले देखाएका दोषीलाई कारबाही गर्ने बताएका थिए।

    १९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त धर्मशालामा होटल सञ्चालन गरिरहेको बतास समूहमाथि नियमित भाडासमेत नबुझाएको आरोप छ। सम्झौता रद्द भएपछि धर्मशालामा स्वीकृतिबिना थप संरचना निर्माण भत्काइने र विभिन्न कार्यालयलाई भाडामा दिइएका बाह्य कम्पनीका कार्यालयसमेत हट्ने भएका छन्।

    बतास समूहले धर्मशालामा सम्झौताविपरीत बेड संख्या, बेडरुमको दररेट सम्झौताभन्दा धेरै बढी राखेर व्यापार गरिहेको निरीक्षणका क्रममा खुलेको थियो। उक्त समूहले वर्षमा १ करोड ५ लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा बतास समूहसँग सम्झौता भएको थियो। सम्झौतामा तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र बतास समूहका ओस्कार बतासले हस्ताक्षर गरेका थिए।

    राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर प्रभुत्व जमाइरहेको बतास समूहले धर्मशालाभित्र साउना, बाथटव, जिमहल, आरोग्य केन्द्र, सभाहललगायत थुप्रै संरचना निर्माण गरिरहेको थियो। त्यहाँ बस्दा तीर्थालु एवं धार्मिक पर्यटकसँग १ रातको ११ हजार रूपैयाँसम्म कोठा भाडा लिने गरिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend