१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

म्याग्दीको दुई स्थानमा ‘मास्क बैंक’ स्थापना


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • म्याग्दीको दुई स्थानमा ‘मास्क बैंक’ स्थापना

    बेनी, १२ माघ – म्याग्दीको सदरमुकाम बेनीको दुई स्थानमा ‘मास्क बैंक’ सञ्चालनमा ल्याइएको छ । कोभिड-१९ को उच्च जोखिमबीच जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा मास्क विना यात्रा नगर्न अनुरोधसहित ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु भएसँगै बेनपा-७, सामुदायिक चोकमा रहेको प्रहरी बिट र कालिपुल बसपार्कमा मास्क बैंक’ स्थापना गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका,जिल्ला जनस्वास्थ्य कार्यालय,उद्योग वाणिज्य संघ म्याग्दीको सक्रियतामा सुरु भएको सचेनतामूलक अभियानसँगै मास्क नभएकालाई वितरण गर्ने गरी मास्क बैंक राखिएको प्रनाउ श्यामकुमार राईले बताए । ‘मास्क नहुनेलाई दिने, अटेर गर्नेलाई जरिवाना लिइन्छ’ प्रनाउ राईले भने । कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरिएकाले मास्क भएकालाई दिएर सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।

    अभियानअन्तर्गत ‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरिएको खटिएका प्रहरीको भनाइ छ । बैंकबाट ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ अभियान रहेको जिल्ला कोभिड ब्यवस्थापन समितिले जनाएको छ ।

    जिल्लाभित्र सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अनुरोध सहित मास्क विना यात्रा गरिरहेकालाई रोक्ने, जरिवाना तिराउने र जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक सवारीसाधनमा समेत अनुगमन भइरहेको छ । कोरोनाबाट जोगिन मास्क र अनिवार्य हातमुख धुने, भिडभाड र कोरोनाको लक्षण देखिएकासँग घुलमिन नहुन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । मास्क बैकबाट १ हजारभन्दा बढी मास्क वितरण गरिसकिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend