२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

गायिका मेलिनाको ‘फूलहरु मगमग’


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • गायिका मेलिनाको ‘फूलहरु मगमग’

    गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ। कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशकभन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन्।

    बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल तथा भ्लगर सिर्जना निङ्लेखुले अभिनय गरेकी छन्। उनले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफैँ र आफ्नो भावना प्रकृतिसँग पोखेकी छन्। भिडियो मोडल सिर्जनाको आफ्नै युट्युब च्यानल सिर्जना निङ्लेखुबाट सार्वजनिक गरिएको छ। भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ।

    कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सिर्जनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन्। रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सिर्जनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend